मनोरञ्जन

कान्छी श्रीमतिको अगाडि नै निखिल र रेखा टाँसिएपछि...

कान्छी श्रीमतिको अगाडि नै निखिल र रेखा टाँसिएपछि...


साउन १३ । निखिल उप्रेती निर्मित नेपाली फिल्म रुद्रको प्रिमियरमा उनकी कान्छी श्रीमति संचिता लुइँटेल पनि पुगेकी थिइन् ।

सोही कार्यक्रममा पुगेकी रेखा थापासँग निखिलले संचिताका अगाडी तस्बिर खिचाए । तर, यो तस्बिरको महत्व संचिताकै अघि खिच्नु भन्दा पनि निखिल र रेखाको सम्बन्ध फेरि बलियो भएको हो त ? यो सम्बन्धको पुल संचिता बनेकी हुन् त ? भन्ने हल्ला फिल्मनगरीमा छ ।

उप्रेती र नायिका रेखा थापाविच कुनै समय स्टारडमको घमण्ड भयो । दुबैजना एक अर्कासँग फिल्म नै नखेल्ने निर्णयसम्म पुगेका थिए । तर यो दृश्यले संचिताले दुवैको सम्बन्ध बलियो बनाउन सहायता गरेको बताइएको छ ।

चलचित्र क्षेत्रमा नयाँ पुस्ताको आगमन भैरहँदा रेखा र निखिल एक अर्काको साथ खोज्न थालेका छन् । रेखाले भनिन्,‘हामीबीच नराम्रो सम्बन्ध कलिे पनि थिएन ।’ तर, निखिलले भने पहिला झगडा भएपनि अहिले सम्बन्ध सुधार भएको बताए ।

विशेष