मनोरञ्जन

यसकारण लिक भएको थियो अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा

यसकारण लिक भएको थियो अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा

साउन १३ । केही दिनअघि बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ लिक भएको खबरले सञ्चारमाध्यममा सनसनी मच्चायो । पछिल्लो समय भारतीय फिल्म एक एक गर्दै लिक हुने क्रम बढ्दै जाँदा धेरै कलाकार पाइरेसी विरुद्ध लागिरहेका छन् ।

यसबारेमा क्राइम ब्रान्चले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसबिच यस्तो खुलासा भइरहेको छ की निर्माता निरज पाण्डेका बिजनेस पार्टनर शितल भाटियाकी असिस्टेन्स आकांक्षाबाट गल्तीले फिल्म लिक भयो । रिपोर्टअनुसार आकांक्षाले आफ्नो उक्त पेनड्राइभ हराइन जहाँ फिल्मको कपी रहेको थियो । पछि उक्त पेनड्राइभ जिम ट्रेनर विट्ठलसँग पुग्यो ।

विट्ठल बलिउड डान्सर तथा कोरियोग्राफर रेमो डिसुजाका जिम ट्रेनर हुन् । रेमोकाअनुसार, विट्ठले रेमोसँग आएर आफूले उक्त पेन ड्राइभ भेटेको बताएका थिए । पहिला त रेमोलाई उक्त कुरा विश्वास लागेको थिएन । तर, विट्ठलले ल्याएर उनैलाई दिएपछि उनी पत्याउन बाध्य भएका थिए । एक फिल्म मेकर भएको नाताले रेमोले फिल्म भाइरल हुँदा के कस्तो हुन्छ भनेर बुझेका छन् । त्यसैले उनले तुरुन्तै अक्षयसँग सम्पर्क गन खोजे तर भएन । त्यसपछि उनले फिल्मकी प्रोडुसरलाई सबै कुरा भने र उनले तुरुन्तै फिल्मका निर्देशकलाई रेमोको अफीस पठाएकी थिइन् ।

फिल्म यही अगस्ट ११ मा रिलिज हुन गइरहेको छ । फिल्ममा अक्षय र भूमि लगायत अनुपम खेर, सना खान आदिको पनि भूमिका रहेको छ ।

विशेष