मनोरञ्जन

सलमानका यी साथीको ४४ वर्षको उमेरमा रहस्यमय निधन

सलमानका यी साथीको ४४ वर्षको उमेरमा रहस्यमय निधन

साउन १३ । बलिउड अभिनेता सलमान खानसँग फिल्म ‘वान्टेड’ मा सँगै काम गरेका अभिनेता इन्दर कुमारको ४४ वर्षको उमेरमा निधन भएको छ । विहिबार राती १२ बजे मुम्बईस्थित आफ्नो बंगलामा उनले अन्तिम सास लिएका हुन् । इन्दरकाे हृदयघातका कारण अकस्मात मृत्यु भएको हाे ।

केही समयअघि एक मोडलले उनी विरुद्ध कानूनी मुद्धा दायर गरेकी थिइन् । इन्दरलाई आइपीसीको धारा ३७६ र ५०६ अनुसार उनी विरुद्ध मुद्धा हालिएको थियो । त्यसैअनुरुप इन्दरलाई जेलमा लगिएका थियो । त्यस समय इन्दरले आफू र ती मोडलबीच जे पनि भएको थियो सबै आपसी सहमतिमा भएको बताएका थिए । जुन २०१४ मा उनलाई त्यस मामलाबाट जमानत मिलेको थियो ।

‘मासुम’ फिल्मबाट फिल्मी करियर सुरु गरेका इन्दरले सलमानका ‘वान्टेड’, ‘तुमको ना भूल पाएंगे’ र ‘गजगामिनी’, ‘खेलाडियों का खेलाडी’ जस्ता चर्चित फिल्महरुमा काम गरेका थिए ।

Inder Kumar

विशेष