मनोरञ्जन

रणभीर भन्छन्, चुम्बनको मामलामा दिपिका नै उत्कृष्ट

रणभीर भन्छन्, चुम्बनको मामलामा दिपिका नै उत्कृष्ट

साउन - १३ । सम्बन्ध बिग्रिएको र ब्रेक अपका धेरै हल्ला चलिरहँदा बलिउड अभिनेता रणभीर सिंह र दिपिका पादुकोणबारे नयाँ खबर आएको छ । दिपिकाको चुम्बन गर्ने शैलीबारे रणभीरले मुख खोलेका छन् ।

एक कार्यक्रममा रणभीरलाई कसले राम्ररी चुम्बन गर्छ भन्ने प्रश्न गरिएको थियो । उत्तरमा उनले भने, ‘मलाई लाग्छ, चुम्बनको मामलामा दिपिका नै उत्कृष्ट छिन् ।’

पछिल्लो समय दिपिका हलिउडमा बढि सक्रिय रहँदा उनीहरु दुईको सम्बन्धमा चिसोपना आएका समाचारहरु पनि सञ्चारमाध्यममा छाएका थिए । — एजेन्सी

विशेष