समाज प्रवास

अमेरिकामा रहेका नेपालीले अगष्ट ७ (साउन २३)तारिक जनैपूर्णिमाकै दिन जनैफेर्ने

अमेरिकामा रहेका नेपालीले अगष्ट ७ (साउन २३)तारिक जनैपूर्णिमाकै दिन जनैफेर्ने

साउन - १३ । नेपालमा ग्रहणको कारण एकै दिन नाग पञ्चमी र जनैपूणिमा पर्न गएकोले जनैपूर्णिमा मनाउन अलमल परेका थिए । तर पनि शुक्रबार जनैपूर्णिमा मनाइयो । अमेरिकाको ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा भने अगष्ट ७ (साउन २३) तारिक सोमबार बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म जनैफेर्ने कार्यक्रम राखिएको छ ।

अमेरिकाको ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष रमेशकुमार पोखरेलका अनुसार अमेरिकामा चन्द्रग्रहणको प्रभाव नपर्ने भएकोले संबन्धित दिनमै जनैपूर्णिमा मनाउन लागिएको हो । अमेरिकामा ग्रहणको प्रभाव नपर्ने भएकोले अगष्ट ७ तारिकमै जनैपूर्णिमा मनाउने निर्णय भएको हो पोखरेलले जनाए ।

अमेरिकामा रहेका नेपाली ज्योतिषअनुसार यो निर्णय गरिएको हो । अमेरिकाका अन्य शहर र राज्यहरुमा रहने नेपाली समुदायले पनि अगष्ट ७ मै जनैपूर्णिमा मनाउने भएका छन् ।

विशेष