आयुर्वेदिक उपचार पद्धतिबाट जस्तोसुकै रोगको पनि उपचार सम्भव छ (भिडियोसहित)
ध्रुव मजुम्दार, आयुर्वेदिक उपचारक
साउन १३ । नेपालमा शिक्षा तथा स्वास्थ्य अत्यन्तै महंगो बन्दै गएको छ । महंगो शिक्षा र स्वास्थ्यले जनताको दैनिकी नै अत्यन्तै कष्टकर बनिरहेको छ । दैनिकी चलाउन हम्मेहम्मे भइरहेका जनतालाई महंगो स्वास्थ्यले थप चिन्तित बनाइरहेको छ ।
तर धन्दा नमान्नुस्, लामो समयदेखि आयुर्वेदिक उपचार पद्धतिलाई अंगाल्दै आएका ध्रुव मजुम्दारको दाबीलाई मान्ने हो भने थाइराइड, प्रेसर, सुगर, युरिक एसिड, छालाको समस्या जस्ता रोग केही पनि होइनन् । यसमा धेरै रकम खर्चनुको कुनै अर्थ पनि छैन । सामान्य घरेलु बिधीबाटै यी रोगको निदान गर्न सकिन्छ । तर, खानपिन, आहार बिहारमा भने सचेत हुनुपर्ने उनको भनाइ छ ।
चिकित्सकहरुले अहिले स्वास्थ्यको नाममा उपभोक्तामाथि गम्भीर खेलवाड गरिरहेको उनको आरोप छ । चिकित्सकहरु जनताको स्वास्थ्यभन्दा पैसाको पछि लागेको उनको आरोप छ । आफूले घरेलु उपचार पद्धितिबाटै ठूलाभन्दा ठूला रोगको निदान गरेको उनको भनाइ छ, त्यो पनि निःशुल्करुपमा । थाइराइड, प्रेसर, सुगर, युरिक एसिड, छालाको समस्या जस्ता रोग आफूले सहजै निको पार्ने उनको भनाइ छ । ‘हामी सामान्यभन्दा सामान्य तरिकाले ठूला ठूला रोगहरु निको पार्छाैं,’ उनको दाबी छ ।
आफ्ना सफलताको कथा सुनाउन नेपाल आजको कार्यालयमा आएका मजुम्दार ४७ वर्षको भइसक्दा पनि उनको अनुहार हेर्दा त्यति वर्षको जस्तो लाग्दैन । उनको अनुहारमा छुट्टै चमक देखिन्छ । हेर्दा हृष्टपुष्ट देखिन्छन् । ‘यी सब मेरो घरेलु उपचार पद्धतिकै देन हो,’ उनी खुलेर भन्छन् । मजुम्दार उपचार गर्नुअघि सुरुमा उनको पूरै दैनिक, भोजन, आहार बिहारलगायतबारे अध्ययन गर्छन् । त्यसपछि उनमा देखिएको रोगबारे सुन्छन् । अनि उपचार थाल्छन् । आफ्नो उपचारले धेरैको रोग निको भएको उनको दाबी छ । हामीले उनीसँग कुरा गर्दा उनी कलाकारजस्तै गरी प्रस्तुत भएका छन् । उनको बोल्ने शैली, हाउभाउ देख्दा हामी पनि लोभियौं । कता कता उनको भनाइप्रति हामीमा शंका नउब्जेको पनि होइन, तर उनले आफ्नो दाबी नछाडेपछि हामीले उनलाई अन्तर्वार्तामा ठाउँ दिएका हौं । उनले अन्तर्वार्तामा आयुर्वेदिक तरिकाले नै यौन क्षमता बढाउन सकिने कुरा पनि राखेका छन् । लसुन र महबाट यौन क्षमता बढाउन सकिने उनको भनाइ छ । उनले आफूले गर्ने उपचारको साइड इफेक्ट नभएको जिकिर पनि गरेका छन् ।
home medicine dhurba majumdaar