मुख्य समाचार

४ सय १० मेघावाटको नलसिङ गाड जलविद्युत्त आयोजना विद्युत उत्पादन कम्पनीले निर्माण गर्ने

दीपबहादुर घर्ती

४ सय १० मेघावाटको नलसिङ गाड जलविद्युत्त आयोजना विद्युत उत्पादन कम्पनीले निर्माण गर्ने

साउन - १३ । जाजरकोट जिल्लामा रहेको नलसिङ गाड जलविद्युत्त आयोजना विद्युत्त उत्पादन कम्पनी लिमिटेडद्धारा निर्माण हुने भएको छ । बिकास समितिद्धारा निर्माण कार्य थालनी गरिएको नलसिङ गाड जलविद्युत्त आयोजना गत बैसाख ७ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार विद्युत्त उत्पादन कम्पनी लिमिटेडले निर्माण गर्ने भएको हो ।

नेपाल सरकार मातहतमा रहेको विद्युत्त उत्पादन कम्पनी लिमिटेड अन्तरगत जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेड, बुढीगण्डगी हाईड्रो पावर कम्पनी लिमिटेड, नलसिङ गाड हाइड्रो पावर कम्पनी लिमिटेड, खिमाथान्का हाइड्रो पावर कम्पनी लिमिटेड, भेरी एक हाइड्रो पावर कम्पनी लिमिटेड, सारदा बबई हाइड्रो पावर कम्पनी लिमिटेड लगाएतका १७ वटा हाइड्रो पावर कम्पनी लिमिटेड रहेको विद्युत्त उत्पादन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन पन्तले जानकारी दिए । जगदुल्ला हाइड्रो पावर, बुढीगण्डगी हाईड्रो पावर, नलसिङ गाड हाइड्रो पावर, खिमाथान्का हाइड्रो पावर र भेरी एक हाइड्रो पावर कम्पनी लिमिटेडमा दर्ता भएर काम अगाडी बढी रहेको र अन्य दर्ता प्रक्रियामा अगाडि बढाइएको प्रबन्ध सञ्चालक पन्तले बताए ।

डोल्पा जिल्लामा पर्ने जगदुल्ला हाइड्रो पावरको विद्युत्त क्षमता ३ सय मेघावाट रहेको बताइएको छ भने, डोल्पा र जाजरकोट जिल्लाको सिमानामा रहेको भेरी एक हाइड्रो पावरको विद्युत्त क्षमता ४ सय ८० देखि एक हजार मेघावाट रहेको प्रारम्भिक सर्वेले देखाएको छ । त्यसैगरी विकास समितिले इन्जिनियरीङ (डिपीआर) सर्वे, आयोजनाको कार्यालय तथा आभाष भवनको निर्माण कार्य, आयोजनाको पहुँच मार्ग र बैकल्पिक मार्ग निमार्ण कार्य, आयोजना निर्माणका लागि सर्पोट आयोजनाको इन्जिनियरीङ (डिपीआर) सर्वे भैसकेको नलसिङ गाड जल विद्युत आयोजनालाई नलसिङ गाड हाइड्रो पावर कम्पनी लिमिटेडका रुपमा दर्ता गरेर यहि साउन १ गते देखि लागू हुने गरि काम सुरु गरिएको नलसिङ गाड हाइड्रो पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीले जानकारी दिए ।

४ सय १० मेघावाट विद्युत उत्पादन क्षमता भएको नलसिङ गाड जल विद्युत आयोजनाको इन्जिनियरीङ (डिपीआर) सर्वेको पूरै काम र विकास समितिले सुरू गरेकाे आयोजनाको कार्यालय तथा आभाष भवनको निर्माण कार्य, आयोजनाको पहुँच मार्ग र बैकल्पिक मार्ग निमार्ण कार्यलाई विद्युत्त उत्पादन कम्पनी लिमिटेडले नै गर्ने कार्यकारी अधिकृत भण्डारीको भनाई रहेको छ । विद्युत्त उत्पादन कम्पनी लिमिटेडले नलसिङ गाड जलविद्युत्त आयोजनाको निर्माण कार्य सम्पन्न गर्नका लागि विदेशी लगानीभन्दा बढी स्वदेशी लगानीलाई मै जोड दिने कार्यकारी अधिकृत भण्डारीको तर्क छ ।

नलसिङ गाड जलविद्युत्त आयोजनाको पूरै सेयर विद्युत्त उत्पादन कम्पनी लिमिटेड आफैँसंग राखेर उसले नै सबैलाई वितरण गर्ने कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए । विद्युत्त उत्पादन कम्पनी लिमिटेडले स्थानिय नागरिकका लागि १० प्रतिशत, देशभरीकै नागरिकका लागि १७ प्रतिशत र अन्य बाँकी सबै प्रतिशत नागरिक लगानी कोष, सन्चयकोष जस्ता विभिन्न संस्थान तथा कम्पनीहरुका लागि सेरको ब्यबस्था गर्ने कुरा चलिरहेको तर, हालै टुङ्गी नसकेको कार्यकारी अधिकृत भण्डारीको भनाई रहेको छ ।

विकास समिति मार्फत चलिरहेका नलसिङ गाड जलविद्युत्त आयोजनाको सम्पुर्ण जिम्मेवारी नलसिङ गाड हाइड्रो पावर कम्पनी लिमिटेडमा सर्नु पर्ने बताउदै कार्यकारी अधिकृत भण्डारीले जिम्मेवारी सार्नका लागि हाल आफु लागि परेको वताए ।

नलसिङ गाड जलविद्युत्त आयोजनाको विकास समितिसंग विभिन्न कम्पनीहरुले गरेको सम्झौता अनुसार फिल्डमा कम्पनीहरुले काम गरिरहेको इन्जिनियर पदमबहादुर थापाले जानकारी लिए । इन्जिनियरीङ (डिपीआर) सर्वेको लागि जिम्मा लिएको अष्ट्रेलियाको स्मेक, अमेरीकाको एमडब्लूएच र नेपालको उदय कन्ट्रक्सन प्राली परामर्शदाता कम्पनीले हाल आयोजनाको विभिन्न अध्ययन गरिरहेको इन्जिनियर पदम थापाको भनाई रहेको छ । उक्त परामर्शदाता कम्पनीले इन्जिनियरीङ (डिपीआर) सर्वेका लागि विभिन्न स्वाईल टेष्ट गर्नुका साथै बाँकेको कोहलपुर सम्मका लागि टासमिसन लाईन सर्वेको काम गरिरहेको इन्जिनियर थापाले जानकारी दिए । उनले आयोजना विकास समितिसंग सम्झौता गरेका निर्माण कम्पनीले कार्यालय तथा आभाष भवनको निर्माणको काम, त्यसैगरी आयोजनाको पहुँचमार्गको निर्माण कार्यको काम गरिरहेको बताए ।

विशेष