समाज

विवाहेतर सम्बन्धका कारण घरझगडा बढ्यो, सामाजिक सञ्जाल नै प्रमुख कारक

विवाहेतर सम्बन्धका कारण घरझगडा बढ्यो, सामाजिक सञ्जाल नै प्रमुख कारक

साउन १३ । सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ ।

प्रहरीअगाडि आउने घरझगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ ।

कालीमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइपाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुक र फोनबाट श्रीमानको पहिलेकी प्रेमिकासँग फेरि झाँगिएको सम्बन्धले दुबैबीचको दूरी बढाएको रहेछ ।

प्रेमिका विवाहित भए पनि भेट्ने, घुम्न जाने र परिवारलाई समय नदिएको श्रीमतीको आरोप थियो । धादिङ घर भएका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुकमा चिनजान भयो, अन्तरंग कुराकानी, भिडियो च्याटसमेत हुन थाल्यो । एकवर्ष यसैगरी बितेपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गर्ने वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केही अघिमात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए ।

काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै महिला सेल पुगिन् ।

प्रहरीको महिला सेलमा आजकल विवाहेतर सम्बन्धका कारणले घरायसी झगडा बढेको उजुरी बढी आउने गरेको प्रहरी बताउँछन् । कालीमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन्, ‘दिनहुँ पतिपत्नीको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजोआज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ ।’

कान्तिपुर

विशेष