खेल

यसकारण सात सन्तानको बुवा बन्न चाहन्छन् रोनाल्डो?

यसकारण सात सन्तानको बुवा बन्न चाहन्छन् रोनाल्डो?

साउन १३ । भर्खरै मात्र जुम्ल्याहा बच्चाका बुवा बनेका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले सातवटा बच्चाको बुवा बन्ने इच्छा व्यक्त गरेका छन्।

हाल उनी सात वर्षका जेठा छोरा क्रिस्टिनिह्यो र भर्खरै जन्मिएका एभा र मटियोलाई हुकाइरहेका छन् । डेलिमेलका अनुसार आफ्ना जेठा छोराको सल्लाह अनुसार उनी सातवटा सन्तानका बुवा बन्न चाहेका हुन्। सात अंकलाई शुभ मान्दै आएका उनको जर्सी नम्बर पनि सात हो।

‘क्रिस्टिनिह्यो धेरै खुशी छ,’ जेठा छोराको कुरा राख्दै रोनाल्डोले भनेका छन्,‘उसले अझै भाइबहिनी चाहियो भनेको छ। उ सातवटा भाइबहिनी चाहन्छ, जुन मेरा लागि पनि चमत्कारिक नम्बर हो। मलाई लाग्छ उसको निर्णय सही छ,’ रोनाल्डोले भनेका छन्। रोनाल्डोले आफ्नो परिवारमा सदस्य थपिँदै गरेको समाचार गत जुनमा एउटा फोटो पोष्ट गर्दै सार्वजनिक गरेका थिए।

विशेष