स्वास्थ्य

सात वर्षसम्म एउटै सन्तान भएनन्, एकै पटक जन्मिए चार शिशु

सात वर्षसम्म एउटै सन्तान भएनन्, एकै पटक जन्मिए चार शिशु

साउन १३ । विवाह भएको ७ वर्षसम्म निसन्तान रहेका दम्पत्तीले एकसाथ चार सन्तान पाएका छन् ।

भारतको गुजरात राज्यस्थित वापीमा बस्दै आएका रामजी प्रजापतिले सात वर्षअघि विवाह गरेका थिए । सात वर्षसम्म पनि सन्तान सुख प्राप्त गर्न नसकेका उनीे एकसाथ चार सन्तानको पिता बने ।

सन्तान प्राप्तिका लागि सो दम्पत्तीले कयौं मन्दिर धाए, कयौं भाकल गरे, कयौं चिकित्सक गुहारे । सात वर्षसम्म कुनै उपलब्धि हासिल नभएको सो दम्पत्तीलाई एक साथ अहिले चार शिशु प्राप्त भएको हो ।

बिहार घर भई गुजरातमा बस्दै आएका सो दम्पत्तीको विस्तृत विवरण दिइएको छैन । यद्यपि अस्पतालमा सामान्य रुपमै शिशु जन्मिएको बताइएको छ ।

महिलाको गर्भमा पाँच शिशु रहे पनि एक शिशुको भने मृत्यु भएको छ । बाँकी चार शिशुलाई अस्पतालको रेखदेखमा राखिएको छ । सबै शिशुको स्वास्थ्य सन्तोषजनक रहेको बताइएको छ ।

अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार तीन शिशुको वजन एक किलो दुई सय ग्रामको हाराहारीमा छ भने चौथो शिशुको वजन भने ६ सय ग्राम छ ।

विशेष