मनोरञ्जन

भारतीले पनि ‘द कपिल शर्मा शो’ मा काम नगर्ने, यस्तो छ कारण

भारतीले पनि ‘द कपिल शर्मा शो’ मा काम नगर्ने, यस्तो छ कारण

साउन १४ । केही दिन पहिला ‘द कपिल शर्मा शो’ मा सामील भएकी भारती सिंहले यस शो छोड्ने भारतीय मिडियाले जनाएको छ । यसको कारण उनको नयाँ शो ‘कमेडी दंगल’ भएको बताइएको छ ।

कपिलको शोमा आउनु भन्दा पहिला भारतीले उक्त शाेमा साइन गरिसकेकी थिइन् । यसबारेमा उनले कपिललाई पनि जानकारी दिइसकेकी थिइन् । एक वेबसाइटमा दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘म कपिलको शोमा त्यतिबेलासम्म बस्छु जबसम्म मेरो कमेडी शो ‘कमेडी दंगल’ अन एयर हुँदैन ।’

भारती कपिलको शोको दुइवटा एपिसोडमा देखिएकी थिइन् । उनले कपिल शर्मा शोको ६ वटा एपिसोड गरिसकेकी छिन् । उनले काम गर्न लागेको ‘कमेडी दंगल’ यही अगस्टबाट सुरु हुन गइरहेको छ ।

Bharati

विशेष