मुख्य समाचार

गाउँ पठाएका औषधि र उपकरण किन जिल्लामै थन्क्याइन्छ ? एक करोडको उपकरण थन्क्याइएको, १० लाख मूल्यको औषधि नष्ट

गाउँ पठाएका औषधि र उपकरण किन जिल्लामै थन्क्याइन्छ ? एक करोडको उपकरण थन्क्याइएको, १० लाख मूल्यको औषधि नष्ट

साउन - १४ । गाउँगाउँमा औषधिको अभावमा स्थानीय अकालमै मृत्युका शिकार हुन्छन् । यता गाउँमा पुग्नु पर्ने औषधि लामो अवधिसम्म जनस्वास्थय कार्यालयको भण्डारमै थकिनु परेको अवस्था छ ।

जाजरकोटमा गाउँमा लैजानु पर्ने अाैषधि सदरमुकाममै म्याद सकेर रातारात कानुन विपरीत अस्पतालका हाताभित्र नष्ट हो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिहीबार राति कसैलाई जानकारी नहुने गरी अस्पतालको हाताभित्रै वातावरण नै प्रदूषण हुने गरी औषधि नष्ट पारिएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर लमबहादुर खड्काले बताए ।

काठमाडाैँ औषधि व्यवस्थापन विभागमा फर्काउन खर्च वढी लाग्ने भएकोले अस्पताल हाता भित्रै नष्ट पारियो । प्रशासनले कानुनविपरीत अस्पतालकै हाताभित्र खाडल खनेर अाैषधि नष्ट गरेको हो ।

अस्पतालको हाताभित्रै औषधि जलाउँदा बिरामी, कर्मचारी र वरपरका बासिन्दालाई गन्धले असर गरेको बताइएको छ । रातारात १० लाखभन्दा बढी मूल्यको औषधि नष्ट पारिएको एक कर्मचारीले नाम उल्लेख नगरदिन अनुरोध गर्दै बताए । अझै पनि जिल्लाको एक अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३४ स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएकाे छ । प्रशासनको लापरबाहीका कारण औषधि जिल्लामै थन्क्याएर राख्ने र अन्तिममा जलाएर नष्ट गर्ने गरिएको छ ।

सधैंजसो महामारीको प्रकोप भइरहने र औषधिको अभाव भइरहने जिल्लामा ठूलै मात्रामा औषधि जलाउन निकै दुःख भएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता डम्बर सिंहले बताए । अस्पतालका कर्मचारी र औषधि बिक्रेताको मिलेमतोबाट धेरै औषधि खरिद गरिने भएकाले जिल्लामा यति ठूलो मात्रामा औषधिको म्याद सकिएको नेता सिंहको आरोप छ । समयमै गाउँका स्वास्थ्य संस्थामा आवश्यक औषधि अभाव हुने गरे पनि ठूलै मात्रामा जिल्लामा म्याद गुज्रेका औषधि थुप्रिने गरेको छ ।

पटक पटक यस्तो हुन गएकोमा अस्पताल र कार्यालयबीच चिसिँदै गएको सम्बन्ध मिलाउनका लागि भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीसहितको टोली बसेर समस्या समाधानको बो खोजिए पनि समाधान निस्किन सकेको छैन ।

राजविराज

त्यसै गरि यता सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ । अतिआवश्यक पर्ने उपकरण सरकारले पठाएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होरिजेन्टल एक्सरे, अक्सिजन र डायलायसिस मेसिन गरी चार उपकरणहरु अहिले प्रयोग नभइ अस्पतालमा थन्क्याइएका हुन् ।

अञ्चल अस्पतालमा २२ परामर्शदाता चिकित्सक हुनुपर्नेमा हाल दुई जना मात्र छन् । त्यसै गरि मेडिकल अधिकृतको दरबन्दीमध्ये दुई जनाले काम गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दयाशंकरलाल कर्णले जानकारी दिए । अर्थोपेडिक र जनरल सर्जनको दरबन्दीसमेत यहाँ पूर्णरुपमा खाली नै रहेको बताइएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा कर्णका अनुसार अस्पतालमा उपकरण नभएका होइन । दुई करोड २४ लाख मूल्य बराबरको अत्याधुनिक उपकरण खरिद गरि ल्याइएको छ र मन्त्रालयबाट समेत उपलब्ध गराइएको छ । तर सञ्चालनमा आएका छैनन् । यति कै अस्पताल भित्र थन्काइएको छ ।

सबै सामानहरु अलपत्र छन् र थन्किएकोले उपचार हुन नसकदा बिरामीहरु धेरै टाढाका अस्पतालमा जान बाध्य छन् । नजिको अस्पतालमा उपचार सेवा नपाउँदा त्यहाँका स्थानीयवासी धरान, विराटनगर तथा भारतका दरभंगालगायत विभिन्न ठाउँका अस्पतालमा जान बाध्यता भएका छन् । सरकारले र सम्बन्धित निकायले विशेषज्ञ पटाउनु पर्ने स्थानीयवासीको माग छ ।

गत २०७३ मंसिरमा अञ्चल अस्पतालको अवस्था सुधारलगायत विभिन्न माग राख्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीले गरेको आमरण अनशनको १८औँ दिनमा तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले चारबुँदे सहमति गरेको थियो । सोही सहमतिका आधारमा नेपाल सरकार र स्वास्थ्य विभागले अत्यधुनिक उपकरण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई पठाइएको थियो । तर पनि हालत जस्ताको त्यस्तै छ ।

विशेष