मनोरञ्जन

माधुरीको जीवनमा आधारित सिरिज बन्दै, प्रियंकाले निर्माण गर्ने

माधुरीको जीवनमा आधारित सिरिज बन्दै, प्रियंकाले निर्माण गर्ने

साउन १४ । बलिउडकी डान्सिङ दिभा मानिने माधुरी दिक्षितको वास्ताविक जीवनमा आधारित छिटै एक सिरिज आउने भएको छ । स्रोतका अनुसार यस अनटाइटल्ड सिरिजलाई अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्दै छिन् ।

यो एक कमेडी सिरिज हुने बताइएको छ जुन माधुरी दिक्षितको जीवनमा आधारित रहनेछ । यसका साथै उक्त सिरिजमा माधुरी दिक्षितले कसरी अमेरिकामा आफ्नो परिवारसँग सेटल भइन् र त्यसपछिका संघर्षबारे पनि वर्णन गरिनेछ ।

केही समयदेखि बलिउडबाट टाढै रहेपछि उनी परिवारसँग दोस्रो पटक मुम्बई बसन थालेकी थिइन् । पछिल्लो समय उनी सानो सँगसँगै ठूलो पर्दामा पनि सक्रिय छिन् ।

विशेष