देश

बस दुर्घटनाले भाग्य लुटिएकी १ वर्षिया सृजना बैगार, अामा भन्छिन्, काम पाए छाेरी पाल्न सहज हुने थियो

दीपबहादुर घर्ती

बस दुर्घटनाले भाग्य लुटिएकी १ वर्षिया सृजना बैगार, अामा भन्छिन्, काम पाए छाेरी पाल्न सहज हुने थियो

साउन - १४ । उज्वल भविष्यको सुन्दर भाग्यलिला लुटिएकी सृजना बैगार भेरीनगरपालिका–११ जगतिपुरकी एक वर्षिया बालिका हुन् । गत फागुन २६ गते जिल्ला सरदरमुकाम नजिकै बोहरामा भएको बस दुर्घटनामा सृजनाका बुवा रामबहादुर बैगारको मृत्यु भएपछि एक बर्षिया बालिकाको भाग्यसँगै भविष्य पनि लुटियो ।

बुवा रामबहादुर बैगारको मृत्यु भएपछि एक बर्षिय छोरी सृजनाको लालन–पालनमा निकै समस्या भइरहेको आमा कल्पना बैगारले बताउँछिन्। घरमा रहेका बोल्न पनि नसक्ने लाटा ससुरासँग बसेर छोरीको लालन–पालनदेखि शिक्षा दिन आफूलाई निकै कठिन भएको कल्पनाको भनाइ छ । कान्छा सुसरा र कान्छी सासुकोसँग बसेर सृजनाको भविष्य निर्माण गर्न नसकिने उनले वताउदै आएकी छन् । १४ वर्षको उम्मेरमै छोरीको आमा बनि सकेकी कल्पना एक बर्षकी छोरी सृजनालाई बोकेर कता जाने ? के गर्ने भन्ने कुरामा निकै अन्यौलमा परेकी छन् ।

बस दुर्घटनामा लोग्नेको मृत्यु भएपछि कल्पनाले एक बर्षकी छोरी सृजनालाई साथमा लिएर घर छोडी सकेकी छन् । छोरीलाई साथमा लिएर भेरी नगरपालिका–१२ बारेलामा रहेको माउली घरमा बस्दै आएकी कल्पनाको मामा घरमा पनि बाजे बज्यै बाहेक अरु कोही नभएको बताईन् । कल्पनाकी ६० वर्षिया बज्यै भवी बैगार जन्मेको चार महिना पछि आगोमा पोलिएर दाहिने खुट्टाकी अपाङ्ग अवस्थामा रहेको कल्पनाले बताईन् । बाजे वीरबहादुर बैगारको पनि लोटेर ढाँड भाँचिएको छ कल्पनाले भनिन्–“रुकुम मुसीकोटमा रहेका आमा, बुवासंग गएर आफ्नो छोरीको लालन–पालन, शिक्षा, स्वास्थ्यको ब्यबस्थापन गर्न पनि कठिन छ ।”

छोरी सृजनाको जीवन र भविश्यको लागि आफूले कामको खोजीमा रहेको कल्पनाले बताउदै आएकी छन् । कतै काम पाईएमा आफूले दुःख उठाएर भए पनि छोरीको लालन–पालनदेखि शिक्षा, स्वास्थ्यको ब्यबस्था गर्ने कल्पनाले बताइन् ।

 

विशेष