मुख्य समाचार

डा केसीको दोस्रो दिन पनि वार्ता असफल, समर्थनमा नेतादेखि कलाकारसम्म सडकमा 

डा केसीको दोस्रो दिन पनि वार्ता असफल, समर्थनमा नेतादेखि कलाकारसम्म सडकमा 

साउन - १४ । डा गोविन्द केसी पटक पटकको अनसनपछि पनि सरकार मौन रहेकोले ११औं पटक अनसन बसिरहेका छन् । चिकित्सा शिक्षाका विभिन्न प्रणालीहरुमा सुधार गर्न अनसन बसेका डा केसको शनिबार छैटौं दिन पनि असहमतमै खेर गएकोछ ।  

वार्तामा कुनै ठोस सहमति हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए । केसीको माग र आज भएको वार्ताका बारेमा आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेललाई जानकारी गराउने श्रेष्ठले बताए । सरकारलाई जानकारी गराएपछि चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न सभामुख ओनसरी घर्ती मगरलाई आग्रह गरिने उनले बताए

सरकारी पक्ष र केसी पक्षका प्रतिनिधिबीच भएको वार्ता वारम्बार निश्कर्षमा नपुगेपछि राजधानीको बानेश्वरमा सर्वसाधारण, नेतादेखि कलाकारहरुसम्मले डा केसीको पक्षमा र्याली निकालेका छन् । आइ एम विथ डा।केसी, एक दुई तीन चार हामी मान्ने छैनौं हार जस्ता विभिन्न नाराका साथ सडकमा उत्रिन बाध्य भएका छन ।

नेकपा माओबादी केन्द्रकी प्रवक्ता पम्प भुषाल, विकेकशील साझा पार्टी, नयाँ शक्ति नेपाललगायत दलका नेता तथा कार्यकर्ता, डाक्टर, पेशाकर्मी तथा कलाकर्मीले डा।केसीको समर्थणमा र्यालीमा भाग लिएका थिए ।

डा केसीसँग भएका विगतका सम्झौताअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई थप स्वायतत्ता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नुपर्ने माग उनको छ

सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने चिकित्सा शिक्षा आयोग, नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले तोक्नुपर्ने, एमडी, एमएस र एमडीएस तहको शुल्क यसै वर्षदेखि २२ लाख रुपैयाँसम्म मात्र कायम गर्नुपर्ने लगायतका माग डाक्टर केसीले राख्नुभएको छ । यी माग पूरा गर्न भन्दै ११ औँ पटक अनसन बसेको छैटौँ दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।

विशेष