देश

जाजरकोट जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस-माओवादीबीच तालमेल हुने

दीपबहादुर घर्ती

जाजरकोट जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस-माओवादीबीच तालमेल हुने

साउन १४ । यहि साउन १८ गते हुन लागिरहेको जाजरकोट जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस, माओवादी पार्टीबीच चुनावी तालमेल हुने भएको छ । चुनावी तालमेलका लागि नेपाली कांग्रेस र नेकपा माओवादी पार्टीबीच संयुक्त तालमेलका लागि सहमति भएको हो ।

संयुक्त चुनावी तालमेलका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिमा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फवाट हुने उममेदवारलाई दुवै पार्टीले मतदान गर्ने सहमति भएको नेपाली कांग्रेस, जाजरकोटका कोषाध्यक्ष तेज विक्रम शाहले जानकारी दिए । नेपाली कांग्रेसका कोषाध्यक्ष शाहले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुख, एक खुल्ला सदस्य र दुई महिला सदस्य नेकपा माओवादी केन्द्रलाई र उप–प्रमुख, एक दलित सदस्य, एक महिला सदस्य, र दुई खुल्ला सदस्य नेपाली कांग्रेसको भागमा परेको छ ।

उममेदवारको भाग परेअनुसार भोली आईतवार दुई पार्टीले संयुक्त रुपमा जिल्ला मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउने कोषाध्यक्ष शाहले जानकारी दिए । मनोनय दर्ता गर्ने समय भोली विहान १० बजेदेखि दिउसो ३ बजे सम्म मात्र रहेको मुख्य निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

उता नेकपा एमाले, जाजरकोटले भने, जिल्ला समन्वय समितिको चुनावमा कोही पनि पार्टीसंग चुनावी तालमेल नगरेर चुनावमा भाग लिने जनाएको छ । चुनावमा भाग लिने आकांक्षा राखेका पार्टी भित्र थुप्रै नेता तथा कार्यकर्ताहरु रहेको हुदा उममेदवारको पनि टुङ्गो लागि नसकेको नेकपा (एमाले), जाजरकोटका अध्यक्ष करवीर शाहीले जानकारी दिए । जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा एमालेवाट गौरीबहादुर कार्की, कमला शाही, रंगनाथ योगी आकाँक्षी रहेको जानकारी दिदै अध्यक्ष शाहीले आज रातीनै पार्टीले प्रमुख, उप–प्रमुख र अन्य सदस्यहरुमा चुनाव लड्नेहरु उममेदवारहरुको नाम टुङ्गो लगाई सक्ने वताएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरेको नेपाली कांग्रेस पार्टीले पनि जिल्ला समन्वय समितिको उप–प्रमुख र अन्य सदस्य पदमा लड्ने उममेदवारहरुको नाम टुङ्गो लगाउन बाँकी रहेको बताएको छ । उप–प्रमुख पदका आकाँक्षीहरुमा कल्दर सिंह, ज्ञानी प्रशाद शर्मा, खडक बीसि र तेज वित्रलम शाह रहेको नेपाली कांग्रेस, जाजरकोटले जनाएको छ । नेपाली कांग्रेस, जाजरकोटले पनि चुनावमा भाग लिनेहरुको नाम आज राती नै टुङ्गो लगाउने जनाएको छ ।

नेकपा माओवादी केन्द्र, जाजरकोटले भने, केही पदको नाम टुङ्गो लगाउन बाँकी रहेको भएता पनि जिल्ला समन्वय समितिको प्रमुख पदको नाम टुङ्गो लगाई सकेको वताएको छ । नेकपा माओवादी केन्द्र, जाजरकोटका नेता पूर्णदेव शर्माले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुख पदमा मनबहादुर रावलको नाम टुङ्गो लगाईएको छ ।

त्यसैगरी छेडागाड नगरपालीवाट सदस्य पदमा गरिमा शाहीको नाम टुङ्गो लगाईएको छ भने, कुशेगाउँ पालीकावाट सदस्य पदका लागि चण्डीका आरसी र सरस्वती बिष्ठ भएको हुदा नाम टुङ्गो लाग्न बाँकी रहेको बताईएको छ । त्यसैगरी खुल्ला सदस्य पदका लागि जुनीचाँदे गाउँपालिकावाट वीरबहादुर रावलको नाम अगाडी आई रहेको पुर्णदेव शर्माले जानकारी दिएका छन् ।

विशेष