इतिहासमा आज

दोस्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्ती

दोस्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्ती


पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।

२०६२– ६३ सालको जनआन्दोलनका नायक तथा सफल राजनेता गिरिजाप्रसाद कोइरालाको विसं १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा जन्म भएको थियो । कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला भारतमै उनको जन्म भएको हो ।

उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । नेपाली काँग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गरेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लागि स्मरणीय छ ।

उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वाचित प्रधानमन्त्री बनेका थिए । २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट उनी पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भए । २०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । जनआन्दोलनपछि उनले राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाएका थिए ।

उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई संविधान सभा निर्वाचनमा गएको थियो । उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो । अहिले पनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पटकपटक मुलुकमा गिरिजाबावुको आवश्यकता रहेको बताउँदै आएका छन् । २००३ सालमा विराटनगरमा मजदूर आन्दोलन गर्दागर्दै उनमा राजनीतिक चेतना जागरुक भएको थियो ।

विशेष