मनोरञ्जन

यी हुन् ‘हट’ हेलिकोप्टरवाली ! (फोटोसहित)

यी हुन् ‘हट’ हेलिकोप्टरवाली ! (फोटोसहित)

साउन १५ । ब्राजिलकी २७ वर्षीया हेलिकोप्टर पाइलट लुआना टोरेसले आफ्नो ‘ग्याल्मरस’ फोटोहरु इन्स्टाग्राममार्फत् इन्टरनेटमा राखेपछि ‘हेलिकोप्टर सुन्दरी’को चर्चा विश्वभर फैलिरहेको छ ।

स्नातक पढाइ सुरु गरेपछि जीवनमा संकट पर्नथाल्ने र बीचमै पढाइ छाडेर जागिरे जीवन सुरु गर्ने पश्चिमा समाजमा लुआना सफल र सुन्दर युवतीकोरुपमा चिनिएकी छन् ।

अर्थशास्त्र विषयमा स्नातक अध्ययन पूरा गरेकी लुआनाले अचानक हेलिकोप्टर पाइलट बन्ने निर्णय लिएकी थिइन् ।

रियो डि जेनेरियोमा बस्दै आएकी लुआनाले आफ्ना ६० हजार इन्स्टाग्राम फ्लोअर्सहरुलाई आफ्ना ग्याल्मरस फोटोहरु सार्वजनिक गरेपछि उनी रातारात सेलिब्रेटीको पहिलो ट्रेन्डिङमा परेकी हुन् ।

पाइलट बनेपछि उनले २८ ओटा देशहरुमा हेलिकोप्टरको सफल उडान गरिसकेकी छन् । उनी दुईओटा हेलिकोप्टर कल साइन रबिन्सन्–२२ र रबिन्सन्–४४ को पाइलट हुन् ।

 लुआनाले आफू पाइलट बन्नुको मुख्य प्रेरणा दाइ र भाउजुबाट पाएको बताइन् । उनका दाजु–भाउजु दुबै पाइलट हुन् ।

आफू हेलिकोप्टर पाइलट बनेपछि धेरै ठाउँबाट अफर आएको उनी बताउँछिन् । हवाई उद्योगमा हेलिकोप्टर उद्योग निकै सानो मानिन्छ । तरपनि आफूलाई राम्रो तलब–सुविधासहित अफर आउनुमा आफ्नो सुन्दरता भएको बताउँछिन्, उनी ।

 उनले प्रशिक्षणकाक्रममा रुट ट्रयाक गर्न इन्स्टाग्राम सुरु गरेकी थिइन् । उनले हेलिकोप्टरको ककपिटमा अटोमेटिक भिडियो खिच्ने र इन्स्टाग्राममा सेयर गर्ने गर्थिन् ।

उनले आफूले मानिसहरुलाई सहयोग गर्न र आफ्नो प्रशिक्षणको अनुभव सेयर गर्न इन्स्टाग्राम चलाउन सुरु गरेको बताइन् । तर, यही इन्स्टाग्रामले पाइलटको साथसाथै सुन्दर सेलिब्रेटीसमेत बनाइदिएपछि उनी आश्चार्यजनक भएको बताउँछिन् ।

 अहिले उनको इन्स्टाग्राममा रहेको भिडियोहरुले पाइलट बन्न चाहने धेरै युवायुवतीको जिज्ञासालाई मेटिदिएको उनी बताउँछिन् । अहिले उनी अरु विद्यार्थीहरुलाई हेलिकोप्टर पाइलटको प्रशिक्षण र भविष्यबारे काउन्सेलिङसमेत दिन्छिन् ।

लुआनाले आफू सफल हुनुकोे एउटै सूत्र रहेका बताउँदै भनिन्, ‘जीवनमा आफ्नो सपनाको अगाडि कहिल्यै हार नमानी कसैकोे प्रेरणासाथ अगाडि बढ्नुपर्छ, त्यसको लागि समय कहिल्यै ढिलो हुँदैन ।’

विशेष