मनोरञ्जन

जव महिलाले रजनीकान्तलाई १० रुपैयाँ भीख दिइन्

जव महिलाले रजनीकान्तलाई १० रुपैयाँ भीख दिइन्

सानउ १५ । चर्चित सुपरस्टार रजनीकान्तले आफनो जीवनबारे रमाइलो किस्सा सुनाएका छन् । कुनै समय एक महिलाले आफूलाई भिखारी भन्ने ठानेर आफूलाई दश रुपैयाँ दिएको उनले बताए ।

भएको के रहेछ भने, रजनीकान्त फिल्म ‘शिवाजी द बस’ अत्याधिक हिट भएपछि फिल्मको सफलताको लागि भगवानलाई धन्यवाद दिन चाहन्थे । त्यसको लागि उनले साथीहरुलाई मन्दिर जान आग्रह पनि गरे । उनको सुरक्षाको लागि एक सेक्ययोरेटीले उनलाई एक बुढा मानिसको गेट अपमा त्यहाँ पठाएका रहेछन् ।

रजनीकान्त जब भर्याङ चढिरहेका थिए, उनीसँगै एक महिला पनि भर्याङ् चढिरहेकी थिइन् । ती महिलाले रजनीकान्तलाई भिकारी भन्ने ठानेर उनको हातमा दश रुपैयाँ राखिदिएकी थिइन् । त्यसको केही बेरपछि रजनीकान्तले दर्शन गरेर पर्समा जति पैसा छ सबै निकालेर भगवान्लाई चढाए । त्यहाँ बसिरहेकी ती महिलाले पनि यो सबै देखिरहेकी थिइन् । त्यसपछि उनले रजनीकान्तलाई चिनेर मफी मागेकी थिइन् । — एजेन्सी

विशेष