मनोरञ्जन

‘प्रेमगीत २’ ले गर्यो २ दिनमै २ करोड बढिको व्यापार !

‘प्रेमगीत २’ ले गर्यो २ दिनमै २ करोड बढिको व्यापार !

साउन १५ । यही साउन १३ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत २’ ले आक्रमक व्यापार गर्न सफल भएको छ । बिदाको फाइदा मज्जैसँग लिएको उक्त फिल्मले दुई करोडभन्दा बढि व्यापार गरेको खबर आएको छ ।

दुई करोड पच्चीस लाखको लागतमा बनेको उक्त फिल्मले पहिलो दिनमा देशभरका ८० वटा हलहरुबाट एक करोड १३ लाख ५६ हजार ४ सय ४५ रुपैयाँ कारोबार गर्यो । दोस्रो दिन एक करोड चालीस लाख २६ हजार ६ सय रुपैयाँको कारोबार गरेको छ । फिल्मले कूल दुई करोड ५३ लाख ८२ हजार कमाई गरेको छ ।

सामाजिक सञ्जालमा पनि धेरै कलाकार र दर्शकहरुले अनमोलपछि अब प्रदिप खड्काको क्रेज बढेको टिप्पणी गरेका छन् । फिल्मको ब्राण्ड, कलाकार खड्काको बढ्दो क्रेज, गीत संगीत र फिल्म मेकिङलाइ फिल्म चल्नुको मुख्य आधार भएको धरैले मान्दै आएका छन् ।

रामरशण पाठकको कथा र निर्देशन रहेको फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । म्यानमारबाट नेपाल घुम्न आएकी अश्लेशा(गीत) को प्रेममा परेका प्रदिप(प्रेम) को गीतलाई पाउन गरेका संघर्षको कथालाई फिल्ममा उतारिएको छ ।

विशेष