मनोरञ्जन

तेश्रो श्रीमतीले खोलिन इन्दरको रहस्यमय मृत्युको राज

तेश्रो श्रीमतीले खोलिन इन्दरको रहस्यमय मृत्युको राज

साउन – १५ । गत शुकबार ४४ वर्षीय सलमानका साथी इन्दर कुमारको निधन भएको थियो । लामो समयदेखि कलाकारिता जीवनबाट टाढा भएता पनि उनको जीवन बिवाद मै घेरिएको हुन्थ्यो ।

उनले तीनवटा बिहे गरेका थिए । पहिलो बिवाह ५ महिना टिक्यो भने दोश्रो २ मनिा मात्रै । त्यसपछि इन्दरले तेश्रो बिहे पल्लवी सर्राफसँग गरे ।

इन्दरले अत्याधिक मदिरा सेवन गर्थे उनको तेश्रो श्रीमती पल्लवीले खुलासा गरेकी छिन् । पल्लवीका अनुसार इन्दरले एकपटक ‘वान नाइट स्टे’ गरेका थिए । तर एकमोडेल अनुसार त्यो ‘वन नाइट स्टे’ नभएर इन्दरले अत्यधिक मदिराको सेवन गरेर उनीसँग जबरजस्ती गरेका थिए ।

सन् २०१४ मा इन्दर चर्चामा रहेको बेला २३ वर्षीय एक मोडेलले उनीमाथी बलात्कारको आरोप लगाएकी थिइन । मोडलको आरोपपछि इन्दरमाथि आईपीसीको धारा ३७६ र ५०६ को मुद्दा चलेको थियो । त्यस पछि इन्दरलाई जेलसमेत चालन गरिएको थियो ।

तर, उनकी श्रीमतीअनुसार त्यो बलात्कार नभई दुवैको सहमतीमा भएको थियो । तर वान नाइट स्टेपछि ती मोडेलले बलात्कारको आरोप लगाइ इन्दरलाई ब्य्लाकमेल गर्न थालेकी थिइन ।

पल्लवीले भनिन् ‘मेरो र श्रीमानको झगडा पनि भयो त्यस पछि इन्दरले घर छाडेर गए । ३ ४ दिनसम्म घर फर्किनुभएन र म मेरो आफ्नो आमाको घर गएर बस्न थालेको थे । मलाई लाग्यो श्रीमान तिनै मोडलको घर गएर बस्न थाले ।’

उनले अगाडि थपिन्, ‘२४ अप्रिल दिउँसो तिर इन्दरले फेरि अति नै मिदिरा सेवन गरेका थिए र ती मोडेल पनि नसामा थिइन । इन्दरले नसाकै हालतमा ती मोडेललाई भने म मेरो श्रीमती र छोरीबिना बाँच्न सक्दिन । गएर मेरोे श्रीमतीलाई बोलाइदेउ ।’

तर ती मोडेल त्यहा रहेको सीसा फुटाली सीसाको टुक्रले इन्दरले हातको नसा काटिदिएर आफूलाई श्रीमानले आत्महत्या गर्न लागेको जानकारी दिएको पल्लवीले भारतीय सञ्चार माध्यमलाई जानकारी दिएकी छिन् । उनले भनिन्, ‘त्यो समय म निकै रिसाएको थिए त्यसैले मैले भिनिदिएँ –उनी मेरा कोहि होइनन् जे हुन त्यो अब तिम्रै हुन त्यसकारण जे गर्नु पर्ने तिमी आफैँ गर ।’

त्यसको केहि दिनपछि इन्दर घर फर्केर आए । आफूलाई उक्त मोडेलले ब्ल्याकमेल गरिरहेको इन्दरले श्रीमतीलाई बताएका थिए ।

विशेष