Technology

एनटीसीमा विदेशबाट आएको फोन उठाउँदासमेत बोनस पाइने

एनटीसीमा विदेशबाट आएको फोन उठाउँदासमेत बोनस पाइने

साउन – १५ । नेपाल टेलिकमले मोबाइलमा विदेशबाट आएको कल उठाउँदासमेत बोनस दिने भएको छ । टेलिकमका अनुसार यो सेवा जीएसएमरसीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले लिन सक्ने छन् ।

तर, एक सातामा कम्तिमा ७ मिनेट वा त्योभन्दा बढी कल रिसिभ गरेको हुनु पर्ने छ । सात मिनेट कल रिसिभ गरेका सेवाग्राहलीले नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमले एडीएसएल इन्टरनेट सेवाको मूल्य घटाएको छ । अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक एक हजारमा उपलब्ध हुनेछ । पहिले मासिक १ हजार रुपैयाँमा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

टेलिकमले जीएसएमरसीडीएमए तथा एडीएसएलरएफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर पनि अघि सारेका छ । भोलिदेखि लागू हुने यो अफर ९० दिनसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यस्तै एनटीसीले दर्ता शुल्क पनि घटाइएको छ । भोल्युम बेस्ड डाटाको लागि कर वाहेक दुई सय र र अनलिमिटेड डाटाको लागि ३ सय मात्र दर्ता शुल्क तोकिएको छ । पहिले दर्ता शुल्क करवाहेक पाँच सय तोकिएको थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । १५ जीबी डाटा ३०० रूपैयाँमै उपलब्ध हुनेछ । २५ जीबी डाटाको पाँच सय र ४० जीबीको डाटाको मूल्य ७ सय मात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएससम्म हुनेछ ।

विशेष