स्वास्थ्य

कतै औषधि जलाएर नष्ट त कतै अभावै अभाव

कतै औषधि जलाएर नष्ट त कतै अभावै अभाव

साउन - १५ । सरकारले नेपालमा अति आवश्यक पर्ने ७० किसिमको विभिन्न खालका औषधिहरु नेपाल भरि निःशुल्क पाउने गरि उपलब्ध गराएको छ । विभिन्न जिल्लाको स्वास्थ्यचौकीमार्फत आवश्यक पर्ने औषधि निःशुल्क पाउने भएता पनि उपचारका क्रम औषधिकाे अभाव हुने गरेकाे छ ।

गत साता मात्र क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिहीबार राति कसैलाई जानकारी नहुने गरी अस्पतालको हाताभित्रै वातावरण नै प्रदूषण हुने गरी १० लाख भन्दा बढीको औषधि नष्ट पारिएको थियो ।

त्यसैगरि सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै मात्र पठाएको करोडौ उपकरण जिल्ला मै थन्क्याइएको जानकारी आएको थियो । कतै काठमाडाैँ पठाउदा भाडा लाग्ने भनेर अस्पतालकै परिसर भित्र लुकाई औषधी जलाइ नष्ट गरिएका छ भने कतै उपकरण नै थन्क्यएकोले उपचार हुन नसकेर जिल्ला जिल्लामा अकाल मै मृत्युको मुखमा पुग्न बाध्य छन् ।

त्यसैगरि फेरी त्यस्तै घटणा अगाडि आएको छ । बैतडीमा अति आवश्यक पर्ने औषधी वैशाखदेखि अभाव परेको जानकारी स्वास्थ्य संस्थाले जनाएको छ । जिल्लाका लागि ३६ प्रकारका औषधी नेपाल सरकारद्धारा निःशुल्क गरिएको हुँदा पनि अभाव रहेको जानकारी स्वास्थ्य चौकीको इन्चार्ज विनोद कुमार कुवरले जनाएका छन् । आन्तरिक श्रोतबाट केहि हदसम्म औषधी खरिद गर्दा पनि त्यतिले मात्र नपुग्ने उनी बताउछन् ।

डा गुणराज अवस्थी अनुसार जिल्लामा २० प्रकारका औषधी आवश्यक छ तर पनि यहाँ १६ प्रकारका औषधि नभएको कारण बिरामीको उपचारमा कमि भएको बताउँछन् । औषधीको लागि त्रैमासिक रिपोर्ट आउनु पर्ने हो तर अहिलेसम्म आइपुगेको छैन् । यहाँ औषधी अभाव कै कारण स्वास्थ्य चौकी दिउँसो १ बजे नै बन्द हुने गरेको छ ।

विशेष