मुख्य समाचार

भरतपुरमा पुनः चुनाव गराउन सर्वोच्चको आदेश

भरतपुरमा पुनः चुनाव गराउन सर्वोच्चको आदेश

साउन – १५ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउन आदेश दिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदान गराउन भनेको हो ।

वैशाख ३१ मा सम्पन्न पहिलो चरणको चुनाव अन्तर्गतको मतगणना अन्तिम समयमा पुगेको बेला माओवादी केन्द्रका प्रतिनिधिले ९० मत च्यातेपछि भरतपुरको मतगणना रोकिएको थियो । उक्त महानगरपालिकामा वढा नम्बर १९ र २० नम्बर वडाको मतगणाना बाँकी थियो ।

मतगणना सुचार गर्न माग गर्दै एमाले वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले दायर गरेको रिट खारेज गर्दै मतपत्र च्यातिएको दुई महिनापछि सर्वोच्चले मतदानका लागि ढोका खुला गरेको हो ।

उक्त महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल र एमाले स्थानीय नेता देवी ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् । मतगणनामा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणुु दाहाल एमालेका उम्मेदवार देवी ज्ञवाली भन्दा करिव ७ सय भोटले पछाडि छिन् ।

विशेष