मुख्य समाचार

३३ किलो सुनकाण्डका आरोपी तारेखमा रिहा

३३ किलो सुनकाण्डका आरोपी तारेखमा रिहा

साउन १५ । ३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार खत्रीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।  काठमाडौं जिल्ला अदालतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरअनुसार उच्च अदालतमा निवेदन लिएर पुगेका थिए

। खत्रीसहित सुन प्रकरणमा मुछिएका गोपालबहादुर शाही, रामहरि कार्की, राजकुमार ढकाललगायतले पनि पुरनावेदन गरेका थिए ।

गोरखापत्र

विशेष