खेल मुख्य समाचार

बार्साले रियल मड्रिडलाई हरायो

बार्साले रियल मड्रिडलाई हरायो


साउन १५ । बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराएको छ ।

आज विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै राकिटिकले गोल गर्दै अग्रता दोब्बर पारे ।

१४ औं मिनेटमा रियल मड्रिडका काभासिसले गोल गरे । खेलको ३६ औं मिनेटमा रियलका एसेन्सिओले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा टुंगियो ।

दोस्रो हाफको पाँचौं मिनेटमा नै जेरार्ड पीकेले गोल गरे । यससँगै बार्सिलोनाले प्रि सिजन टुरका तीन वटै खेल जितेको भने रियल मड्रिड जित विहीन पुन पुग्यो ।

मायामीमा भएको खेलमा रियल मड्रिडका सर्जिओ सामोस प्रि सिजन टुरमा पहिलो पटक खेलेका थिए ।

विशेष