मनोरञ्जन

प्रेमगीत–२ को आक्रामक व्यापार, दुई दिनमै अढाइ करोड कमायो

प्रेमगीत–२ को आक्रामक व्यापार, दुई दिनमै अढाइ करोड कमायो


साउन १५ । लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत–२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै  अढाइ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।

चलचित्र ‘छक्का पन्जा’ र ‘लुट–२’ भन्दा प्रेमगीत–२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् । शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ ।

‘दर्शकहरुले बलिउड स्तरको फिल्म बनाएको भनेर स्बासी दिइरहनुभएको छ, हामी उत्साहित छौं,’ निर्माता सन्तोस सेनले भने । विदेशी फिल्मजस्तो करोडौं लगानी गरेर स्तरीय फिल्म बनाउन नसकेपनि अथक मेहेनत गरेर स्तरीय फिल्म बनाएको उनको दावी छ ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रदिप खड्का र अश्लेषा ठकुरीको प्रमुख भूमिका छ । बर्मेली युवती र नेपाली युवक बीचको रोचक कथा फिल्ममा देख्न पाइन्छ ।

विशेष