प्रवास

मलेसियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, सयौँ नेपाली पक्राउ

मलेसियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, सयौँ नेपाली पक्राउ

असार – १९ । मलेसिया सरकारले मलेसियामा रहेको अवैधानिक विदेशी कामदारमाथि धरपकड सुरु गरेको छ । मलेसियामा रहेका गैरकानुनी विदेश कामदारको अभिलेख अभियान सकिएको दुई दिनपछि सो धरपकड सुरु भएको हो ।

मलेसिया सरकारले धरपकड अभियान अन्तर्गत दर्ता नभएका कामदार र रोजगारदातालाई प्रक्राउ गर्न थालेको छ । समयमा दर्ता नभएका १९ वटा कम्पनी र एक हजार ३७ कामदार पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा एक सय भन्दा धेरै नेपाली कामदार पनि रहेका छन् । मलेसियाले गएको अक्टोबर १५ देखि जुन ३० सम्म अवैधानिक आप्रवासी कामदारको दर्ताका लागि समय दिएको थियो ।

सो अवधिमा २८ हजार ३ सय ३५ कम्पनीले एक लाख ५५ हजार छ सय ८० जना अवैधानीक कामदारको दर्ताका लागि आवेदन दिएका छन् । जसमध्ये एक लाख ४० हजार ७ सय ४६ वटा कार्ड दर्ता भैसकेको मलेसियाको अध्यागमन विभागले जनाएको छ । यो अवधिमा ६ लाख कार्डको आवेदन पर्ने अनुमान गएिको थियो ।

तर अनुमानको २३ प्रतिशत मात्रै आवेदन परेको विभागले उल्लेख गरको छ । अनुमानभन्दा कम आवेदन परेपछि विभागले धरपकड अभियान सुरु गरेको हो ।

विशेष