प्रवास

नेपाली मञ्च बेलायतको अध्यक्षमा पुडासैनी, संख्या बढाएर सर्वसम्मति कायम

नेपाली मञ्च बेलायतको अध्यक्षमा पुडासैनी, संख्या बढाएर सर्वसम्मति कायम

असार – १९ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी सर्वसहमतले चयन भएका छन् । आइतबार लण्डनमा राति अवेरसम्म चलेको अधिवेशनबाट सहमति नजुटेपछि उपाध्यक्ष, सचिव र सदस्यको संख्या वढाएर सर्वसम्मति कायम गरिएको हो ।

मञ्चले गरे चौथो अधिवेशनबाट पुडासैनीको नेतृत्वमा कार्यसमितिमा गठन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल, कुमार केसी र महिला उपाध्यक्षमा सरस्वती केसी चयन भएका छन् ।

त्यसैगरी, महासचिवमा विजयविक्रम लिंदेन र दासुराम पाण्डे छन् भने सचिवमा हेम लिम्बूलाई चयन गरेको छ । अन्य सदस्यहरुमा उमेश राज मोक्तान, मिलन घिमिरे,केदार थपालिया, यम भण्डारी, नरेन्द्र कंडेल, हरि आचार्य, वसन्त नेपाली, जोनी पहारी, रमेश न्यौपाने, अर्जुन खतिवडा, सुशिल राई, विमला सेन, कष्ण भण्ढारी, मोहनराज बाँस्तोला, हरिगोविन्द गुरुङ, महेन्द्र केसी र कृष्ण तिवारी चयन भएका छन् ।

२७ सदस्यीय मञ्चको कार्यकाल ३ वर्ष रहने छ । नवनिर्वाचित कार्यसमितिलाई अधिवेशनका प्रमुख अतिथि तथा केन्द्रिय सचिव योगेश भट्टराईले गोपनियताको शपथ खुवाएका थिए ।

विशेष