देश

३१ वर्षदेखि लगातार एउटै जनप्रतिनिधि

३१ वर्षदेखि लगातार एउटै जनप्रतिनिधि

 

असार - १९ । नेकपा (एमाले) का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन्।

अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित भए।धिमाल २०४३ देखि भएका स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै अाएका छन्।

विसं २०४३ मा तत्कालीन गाउँ पञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित हुनुभएका धिमाल बहुदल आएपश्चात् लगातार वडाध्यक्षमा निर्वाचित हुँदै अाएका छन् । विसं २०४९ र २०५४ मा तत्कालीन उर्लाबारी गाविस वडा नं १ को वडाध्यक्ष र यसपटक उर्लाबारी नगरपालिका वडा नं ४ को अध्यक्षमा उन निर्वाचित भएका हुन् ।

वडावासीबीच सरल र स्वच्छ छवि बनाउनुभएका धिमाल नगरमा आदिवासी धिमाल समुदायबीच लोकप्रिय मानिन्छ। एमालेको नीतिबाट प्रभावित भएर पञ्चायतकालदेखि नै तत्कालीन नेकपा (माले)मार्फत वामपन्थी राजनीतिमा लाग्नुभएका धिमाल एमाले गाउँ कमिटी सदस्य, क्षेत्रीय सदस्य र मोरङ जिल्ला सदस्यसमेत भइसकेका छन्।

उनी निर्वाचित भएको वडामा बक्राहा, नुनसरी र तेली खोलाले दिने दुःख एवम् सुकुम्बासी समस्या, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने काममा जोड दिँदै नमुना वडा बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने उनले बताए ।

विशेष