मनोरञ्जन

ज्योती मगर भइन् राम्री तरुनी(भिडियो सहित)

ज्योती मगर भइन् राम्री तरुनी(भिडियो सहित)

असार २० । सिन्धुली जिल्ला फिकल गाउँपालिका वडा नं ४, खाङसांगका शंकर श्रेष्ठले आउँदै गरेको हिन्दु नारीको महान चाड तीजको कोसेली स्वरुप केही दिन अघि मात्रै आफ्नो नयाँ गीत ‘राम्री तरुनी’ बजारमा ल्याएका छन् । ‘दिलकी रानीलाई प्रपोज गरिन्छ’ बोलको गीतबाट चर्चा कमाउन सफल गाएका शंकर यस गीतबाट सफलतता मिल्नेमा आशावादी छन् ।

देवी घर्ती मगर र शंकर र शंकर श्रेष्ठको आवाजमा रहेको यस गीतमा दिपक श्रेष्ठको शब्द, रादिप सुनुवारको लय रहेको छ । अहिलेकी चर्चित मोडल तथा गायीका रहेकी ज्योती मगर अभिनित यस गीतमा शिशिर बुढाथोकी र दिपक श्रेष्ठले साथ दिएका छन् ।

सागर गौतमले छायांकन गरेका यस गीतमा अविनाश डि सीको सम्पादन तथा शिशिर बुढाथोकीको निर्देशन रहेको छ । गीतमा भएका दृश्य निर्माण पि एम इन्टरटेन्मेन्टले गरेको हो ।

jyoti magar

विशेष