मनोरञ्जन

‘महानायकको पगरी राजेश हमाललाई होइन, भुवन केसीलाई दिइनुपर्छ’ : धिरेन शाक्य

‘महानायकको पगरी राजेश हमाललाई होइन, भुवन केसीलाई दिइनुपर्छ’ : धिरेन शाक्य


असार २० । अभिनेता राजेश हमालले नेपाली सिनेमा क्षेत्रमा एकक्षत्र राज गरेको समय थियो त्यो ।

त्यो समय यदि उनलाई टक्कर दिने कसैको इन्ट्री भएको थियो त उनी थिए धिरेन शाक्य । करिब सयवटा फिल्ममा अभिनय गरेका शाक्य अहिले गुमनाम जस्तै छन् भने राजेश हमालले महानायकको पगरी पाइसकेका छन् ।

त्यसबेला निर्माता निर्देशकहरु धिरेन र राजेशलाई एउटै फिल्ममा काम गराउनका लागि पनि लागी परे । उनीहरु दुवैले सँगै खेलेका फिल्मले पनि व्यापारिक रुपमा औधी सफलता पाए । राजेशका भागमा परेका कतिपय फिल्महरु धिरेनले आफ्नो हातमा पारे भन्ने समाचारहरु पनि नछाएका होइनन् । तर, राजेश जसरी धिरेन टिकी रहन भने सकेनन् । उनी अहिले नेपाली सिनेमा जगतमा गुमनामजस्तै भएका छन् ।

आफ्नो समयका प्रतिद्वन्द्वी राजेश हमालले महानायकको पगरी पाएकोमा भने सन्तुष्ट छैनन् । यो पगरी फिल्मको संख्यालाई नभएर फिल्म कत्तिको सुपरहिट भए भन्ने आधारमा दिइनुपर्नेमा उले मान्यता राखेका छन् । राजेशको तुलनामा भुवनका धेरै फिल्म सुपरहिट भएका कारण यो ट्याग भुवन केसीलाई दिइनुपर्ने उनले बताए ।

विशेष