राशिफल

यी चार राशी भएका मानिसहरुमा हुन्छ यस्तो अदभूत क्षमता

यी चार राशी भएका मानिसहरुमा हुन्छ यस्तो अदभूत क्षमता


ज्योतीषअनुसार सबै राशी उत्तकै महच्त्वपूर्ण छन् तर त्यसमध्य पनि चार राशी यस्ता छन् जो वास्तावमै धेरै बलिया हुन्छन् । यी राशी बलिया भएकै कारण अन्य राशी दबिएर बस्नुपर्ने हुन्छ ।

१) मेष — यो श्रेणीमा सबैभन्दा पहिलो स्थानमा रहेको मेष राशी हो जुन राशी अन्य सबैभन्दा राशी मध्येमा उर्जामान मानिन्छ । यो राशीका मानिसहरु सधैँ सक्रिय रहन्छन् ।। रोकिनु यीनिहरुको स्वभावमा नै हुँदैन । यदि कसैले यो राशीा मानिसलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छोडिदिन्छन् । मष राशीका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैँ आफ्नो मातहतमा राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न खोज्छन् र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैबाट प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

२) वृश्चिक — वृश्चिक राशीका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । यस राशीका मानिसहरुको भित्रि विद्रोह भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशीका मानिसहरु इमान्दारिता निभाउँछन् । तर, जो व्यक्तिहरु धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशीका व्यक्तिहरुबाट सदैव सावधान रहनु उचित हुन्छ । यो राशीका मानिसहरु धेरै भावुक पनि हुने गर्छन् । त्यसकारण हिलेकाहीँ यीनिहरुलाई सहन मुश्किल पनि पर्छ । यस राशीका मानिसहरुमा भविष्यका सम्भावित घटनाहरुबारे थाहा पाउने अद्भूत क्षमता हुन्छ ।

३) कुम्भ — कुम्भ राशी भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरु भावनामा बगेर कुनै पनि निर्णय गर्दैनन् । यदि जरुरी पर्यो भने यीनिहरु आफ्नो भावना र समवेदनाो वास्ता नगरि अघि बढ्न सक्छन् । कुम्भ राशीका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमानी पनि मानिन्छन् । यीनिहरु जिद्धि स्वभानका हुनुा साथै आत्म विश्वासी पनि हुन्छन् ।

४) मकर — मकर राशी सबैभन्दा उत्कृष्ट राशी मानिन्छ किनभने यो राशीका मानिसहरुमा आत्मनियन्त्रणा भावना एकदमै प्रबल हुन्छ । यो राशीका मानिहरुमा आत्मविश्वास धेरै नै हुन्छ र उनीहरु सधैँ सक्रिय रहन्छन् । यो राशीका मानिसहरु धेरै नै छिटो सफलता हासिल गर्छन् ।

विशेष