यस कारण हुन्छ ढाड दुख्ने समस्या
ढाड दुख्ने समस्याले औसत मानिसलाई पिरोली रहेको हुन्छ । यस्ता छन् ढाड दुख्ने मुख्य समस्याहरु ।
— टेबल वर्क गर्दा जवान मानिसहरुलाई धेरै ढाड दुख्ने समस्याले सताउँछ । दिनभर कुर्सीमा बसेर काम गर्दा हुने समस्यालाई पोस्चुरल ब्याक पेन भनिन्छ ।
— उमेर बढ्दै गएपछि धेरैजसो मानिसलाई ढाडको हड्डी खिइने समस्यालाई सताउँछ । यसबाहेक ढाडको हड्डी भाँचिएर पनि ढाड दुख्ने समस्या हुन्छ ।
— ढाडमा संक्रमण भएर पनि यस्तो समस्या हुन्छ । यसको मुख्य कारण मेरुदण्डको क्षयरोग हो । यसबाहेक कहिलेकाहीँ बाथको समस्याले पनि ढाड दुख्न सक्छ ।
— शरीरमा भिटामीन डीको मात्रा ज्यादै नै कम भएमा पनि ढाड दुख्ने समस्या हुन सक्छ ।
— धेरै नै बुढाबुढी मानिसको हड्डी निकै कमजोर भएर पनि ढाड दुख्न सक्छ । यसरी उमेर पुगेर हड्डी कमजोर हुने अवस्थााई पोरोसिस भनिन्छ ।
— यी सबै कारणमध्ये हड्डी खिइने र पोस्चुरल ब्याक पेन नै ढाड दुख्ने मुख्य कारण हो ।