मुख्य समाचार

नारायणगढ-मुग्लिनसडकखण्ड पुनः अवरुद्ध

नारायणगढ-मुग्लिनसडकखण्ड पुनः अवरुद्ध

असार - २० ।  नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरूद्ध बनेको छ ।  नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत कालिखोलामा पहिरो गएपछि सडक अवरूद्ध बनेको हो । पहिरोका कारण सो रुट भएर चल्ने सवारी साधनहरुको आवागमन पूर्णरूपमा प्रभावित भएका छन् । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि पनि इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरोले सडक अवरूद्ध बनेको थियो ।  अाज विहान ९ बजे खसेको पहिरो हटाएर १०ः३० बजेदेखि सञ्चालनमा आएको थियो ।

 

उक्त सडकमा चितवन हुँदै काठमाडाैँ र पोखरा जाने आउने सवारी बढी हिँड्छन् । यहाँ दैनिक १० हजार बढी सवारी गुड्ने गर्छन् । असार महिना लागेपछि यहाँ हरेक दिनजसो पहिरो खसेर यात्रु सास्तीमा पर्दैआएका छन् । दुई दिनअघि यहाँको कालीखोलामा खसेको पहिराका कारण ३४ घन्टासम्म सवारी चापमा परेको थियो ।

पहिरामा परेर असार महिनामा मात्रै दुई प्रहरीसहित तीन जनाले ज्यान गुमाएका छन् भने एक प्रहरी अझै बेपत्ता छन् । यसअघि गत चैतमा उक्त सडकको घुमाउनेमा पहिरो जाँदा दुई जनाको च्यापिएर मृत्यु भएको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त मुग्लिन सडक जोखिममा रहेकाले चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् । 

विशेष