मनोरञ्जन

रत्नपार्कमा जापानी रेल हेर्ने नेपालीको घुइचो (भिडियोसहित)

रत्नपार्कमा जापानी रेल हेर्ने नेपालीको घुइचो (भिडियोसहित)

असार - २० । हिन्दूनारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा पछिल्लो समय सर्जक, गायक गायिका, मोडल र सम्पूर्ण नेपाली कलाकारहरुलाइ भ्याइ न भ्याइ छ । विशेष गरि नाचेर गायर रमाइलो गरि मनाइने तीज एउटा सांगीतिक पर्व भएको कारणले पनि प्राय महिला कलाकारहरुले आफ्नो मनोभावनालाई एल्बमको रूपमा रेकर्ड गरि नाचगान र रमाइलोलाई भिडियो बनाउने चलन त धेरै बर्ष पहिले देखिनै थियोे भने केही बर्ष यता पुरुष कलाकारको पनि तिज पर्व र तिजी गीतसंगीतमा उत्तिकै सहभागिता देखिन्छ ।

त्यस्तै तिजकै अवसरमा आफ्नो सांगीतिक यात्राको थालनी गर्ने नयाँ प्रतिभाहरु पनि उत्तिकै छ्न् । यस बर्षको हरितालिका तिज लागि लक्षित गर्दै नव सर्जक दिनेश सापकोटाले पनि आफ्नो नयाँ कोशेली (पहिलो प्रस्तुति) “जापानी रेल” नामक तीज गीत भर्खरै मात्रै सार्बजनिक गरेका छ्न् ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनु र देबी घर्तीले आवाज भरेको यस गीतमा दिनेश सापकोटाले शव्द सिर्जना गरेका हुन भने प्रेम सापकोटाले लय भरेका छ्न । गुरुआमा फिल्मसको ब्यानरमा जापानी रेलको म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन ,सुजन शाहीको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा तयार गरियको हो ।

हमाल म्युजिक प्रा। लि। ले बजार ब्यबस्थापन गरेको जापानी रेलको म्युजिक भिडियो जापानका केही ठाउँ र नेपालमा खिचिएको छ भने विकशित देश जापानमा आफ्नो मायालु संग घुम्ने रमाउने कुरा गीत र म्युजिक भिडियोमा देखाउन खोजिएको छ । गीतमा स्मृति तिमिल्सिना र सन्जिब ठकुरीको दमदार अभिनय देख्न पाइछ ।

विशेष