खेल मुख्य समाचार

चेल्सीमा बिस बर्षे बसाई पछि टेरी एस्टन भिल्ला प्रवेश

चेल्सीमा बिस बर्षे बसाई पछि टेरी एस्टन भिल्ला प्रवेश


असार २० । इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश गरेका छन् ।

इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीको दुई दशक लामो बसाई सकाउँदै टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्ला गएका हुन् । गत महिनाको अन्त्यमा चेल्सीसँगको करार सम्झौता सकिएपछि टेरी एस्टन भिल्ला गएका हुन् ।

अन्य प्रिमियर क्लवहरुले आफूलाई अफर गरे पनि चेल्सी विरुद्ध एउटै श्रेणीमा फुटबल खेल्न चाहना नभएकाले च्याम्पियनसिप क्लब एस्टन भिल्ला प्रवेश गरेको टेरीले बताएका छन् ।

टेरीले सन् १९९८ देखि यो वर्षसम्म चेल्सीबाट व्यावसायिक फुटबल खेले ।

यो अवधिमा चेल्सीको नियमित कप्तान समेत रहेका टेरीले ५ पटक इङ्लिस प्रिमियर लिग फुटबल तथा एक पटक युएफा च्याम्पियन्स लिग जितेका छन् ।आफ्नो देश इङ्ल्यान्डका लागि भने टेरीले ७८ खेल खेलेका छन् । टेरीले क्लबको लागि विभिन्न प्रतियोगितामा कुल ६७ गोल गरेका छन् ।

विशेष