मनोरञ्जन

नचाँहदा नचाहँदै सलमानले ‘ट्युबलाइट’ मा काम गरेपछि....

नचाँहदा नचाहँदै सलमानले ‘ट्युबलाइट’ मा काम गरेपछि....


असार २१ । केही समयअघिमात्र प्रदर्शनमा आएको फिल्म ‘टुयुबलाइट’ ले अपेक्षा गरेजति व्यापार गर्न सकेन ।

नौ वर्षदेखि सलमानका इदमा रिलिज भएका फिल्महरुमध्ये कम व्यापार गर्ने फिल्म ‘ट्युबलाइट’ भएको छ । यतिबेला सञ्चारमाध्यममा यो पनि चर्चा भइरहेको छ की सलमानले अफैँले फिल्म हेरेर फिल्म नचल्ने ठोकुवा गरेका थिए ।

स्रोतका अनुसार सलमानले यो फिल्ममा काम गर्न चाहेका थिएनन् । तर, कबिरको भरोसामा उनले काम गरे । फिल्म हेरे पछि नै सलमानले उक्त फिल्म नचल्ने दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोचेजस्तो व्यापार नगरेपछि सलमान यतिबेला तनावमा छन् । तर, यसमा अर्को तनाव त के छ भने, फिल्म नचल्नुको कारण सलमान र कबिरबीच द्वन्द्व सुरु भएको छ । फिल्म नचले पछि उनीहरुले एक अर्कालाई दोष दिँदै आएको कुराले यतिबेला चर्चा पाइरहेको छ ।

 

विशेष