प्रवास

कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

असार २१ । रोजगार अनुमति प्रणाली ९इपीएस० बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ ।

रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पुरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका कामदारलाई त्यहाँको सरकारले अवैध घोषणा गर्छ ।

कोरिया सरकारको कानुनअनुसार अवैध घोषित हुने गरी अझै पनि करिब २ देखि ३ प्रतिशत रहेको वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

नयाँ पत्रिका

विशेष