स्वास्थ्य

नेवाः सम्पर्क समुहले रामेछापको खाँडादेवी गाउपालिकामा निशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने

नेवाः सम्पर्क समुहले रामेछापको खाँडादेवी गाउपालिकामा निशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने


असार २१ । नेवाः सम्पर्क समुह रामेछाप भिरपानी पकरवासले रामेछापको खाँडादेवी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । 

 जिल्लाको खाँडादेवी गाँउपालिका–३ भिरपानीको प्रगतिशिल स्कुल प्राङ्गणमा असार २३ गते र खाँडादेवि गाँउपालिका वडानम्बर ५ को भीमसेन स्थानमा असार २४ गते निशुल्क स्वास्थ्य शिविर हुन गइरहेको आयोजक नेवाः सम्पर्क समिति भिरपानी पकरवास रामेछापले जनाएको छ ।

उक्त निशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, आँखाको उपचार, दाँत तथा साधारण स्वास्थ्य परिक्षण गरिने समितिको विज्ञप्तीमा उल्लेख छ ।

संस्थाले विगत लामो समयदेखि प्रत्येक वर्ष निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । उक्त शिविरमा बढि भन्दा बढी स्थानियले लाभ लिनुहुन समेत समितिले आग्रह गरेको छ ।

विशेष