देश

नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम प्रारम्भ

नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम प्रारम्भ

असार २२ । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ ।

बैतडीका दुई विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागिता रहेको छ ।

दशरथचन्द नगरपालिका–८ मा रहेको जगदम्बा मावि, रानीबुङ्गा र दशरथचन्द नगरपालिका–५ मा रहेको दशरथचन्द मावि, सुन्दरखालीमा बुधबारदेखि उक्त तालिम प्रारम्भ भएको हो ।

प्रारम्भिक चरणमा दुवै विद्यालयका ३६-३६ जना छात्रछात्रा छनौट गरी ७९ दिनको संस्थागत तालिम र त्यसपश्चात् २१ दिनको वार्षिक सामूहिक क्याम्प २१ दिनको तालिम सञ्चालन गरिने बताए । ७९ दिनको संस्थागत तालिम बैतडीमै सञ्चालन हुने र २१ दिनको वार्षिक सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन हुने बताइएको छ ।

सैनिक–नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको छ । तालिमको प्रारम्भ शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति सेनानी उज्वल बानियाँले गरेका थिए । गत वर्ष यो तालिम बैतडीको शाहिलेकमा रहेको वीरेन्द्र माविका विद्यार्थीलाई दिइएको थियो ।

विशेष