देश

बाढीले जलविद्युत् आयोजनामा क्षति

बाढीले जलविद्युत् आयोजनामा क्षति

 

असार - २२ । लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा आएको बाढीले निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । 

बाढीले ८.८ मेगावाट क्षमताको रुदीखोला–ए र ६.६ मेगावाटको रुदीखोला–‘वि’ जलविद्युत् आयोजनामा क्षति पु¥याएको हो । बाढीले दुवै आयोजनाको संरचना भत्काउँदा रु ३० करोडभन्दा बढीको क्षति भएको आयोजनाका कामु प्रबन्धक सरोज भट्टराईले जानकारी दिए। 

बाढीले रुदी–ए को बाँधस्थलको संरचना भत्काएको छ । रुदी–ए को बाँध पुरिएको छ । एकहजार मिटर हेडरेस पेनस्टक पाइपमा क्षति पुगेको आयोजनाले जनाएको छ । आयोजनास्थल पुग्ने सडक अवरुद्ध भएकाले तत्काल निर्माण ठप्प भएको छ । रुदी–ए को विद्युत्गृह बालुवादेखि रुदी–वि को बाँधस्थल सिङ्दीसम्मको करिब १५ किलोमिटर सडक पहिरोका कारण अवरुद्ध भएको छ । आयोजनाका अनुसार रुदी–ए को ८० प्रतिशत तथा रुदी–वि को ३० प्रतिशत काम सम्पन्न भएको छ । 

सन् २०१६ मार्चबाट निर्माण सुरु भए पनि भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण ढिलाइ भएको हो । सन् २०१७ सेप्टेम्बरसम्ममा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवद्र्धक रहेको सो आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रोमेकानिकलमा नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रालिले काम गरिरहेका छन् । 

विशेष