समाज

भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु

भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु

 

असार - २२ । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । 

भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । 

मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत मृत्यु भएको छ । 

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् ।

विशेष