मुख्य समाचार

मुद्दा फछ्र्योट १०० प्रतिशत पुर्याइने नवनियुक्त मुख्य रजिस्ट्रारको दाबी

मुद्दा फछ्र्योट १०० प्रतिशत पुर्याइने नवनियुक्त मुख्य रजिस्ट्रारको दाबी

 

असार - २२ । सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार नहकुल सुवेदीले विहीबार पदभार ग्रहण गर्दै न्यायलाई सरल र सहज बनाउन व्यवस्थापन सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

न्याय सेवा आयोगको यही असार ११ गतेको बैठकले सुवेदीलाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्को आजको बैठकले उनलाई मुख्य रजिस्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनले अदालतको पाँचवर्षीय रणनीतिक योजनानुसार मुद्दा फछ्र्योट १०० प्रतिशत पु¥याइने, न्यायलाई छिटो र सहज बनाइने, न्यायमा नागरिकको पहुँच बढाइने, अदालतप्रति नागरिकको विश्वास बढाइनेलगायत सुधार गर्नेमा आफू लागिपर्ने बताए।

सर्वोच्च अदालत ऐनले मुख्य रजिस्ट्रारको व्यवस्था गरेपछि न्यायपालिकामा मुख्य सचिवसरहको पदको व्यवस्था गरिएको हो । सो व्यवस्थानुसार मुख्य रजिस्ट्रार हुने पहिलो व्यक्ति सुवेदी नै बनेका छन् । 

विशेष