देश

रुकुममा पहिलोपटक दम्पतीका नाममा लालपूर्जा

रुकुममा पहिलोपटक दम्पतीका नाममा लालपूर्जा

 

असार - २३ । आठबिसकोट नगरपालिकाका एक जोडीले पहिलोपटक संयुक्त जग्गाधनी पूर्जा बनाएका छन् । घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्न आठबिसकोट नगरपालिका–११ का लालवीर कामी र विमला कामीले जिल्ला मालपोत कार्यालयमार्फत संयुक्त जग्गाधनी पूर्जा बनाएका हुन् । 

सरकारले केही वर्ष पहिलेदेखि नै संयुक्त जग्गाधनी पूर्जाको मान्यता दिए पनि यस जिल्लामा भने पहिलोपटक श्रीमान्को नाममा भएको जग्गा श्रीमान् र श्रीमतीको नाममा संयुक्त पूर्जा हुने गरी रजिस्टे«सन गरिएको छ । यहाँ पछिल्लो समय महिलाको नाममा जग्गा रजिस्टे«सन गर्नेको सङ्ख्यामा वृद्धि भए पनि अहिलेसम्म कसैले पनि संयुक्त जग्गाधनी पूर्जा बनाएको थिएन । 

लालवीर र विमलाले पहिलोपटक संयुक्त पूर्जा बनाएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी डिल्ली खड्काले बताए। 

सम्पत्तिमा पनि बराबर स्वामित्व बनाउन आफ्नो नाममा रहेको एक हजार वर्ग मिटर क्षेत्रफल जग्गालाई दुवैको नाममा पूर्जा बनाएको लालवीरले बताए। खाद्य सुरक्षित उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत समुदायमा गठन भएका महिला सशक्तीकरण केन्द्रमा भएको छलफलबाट आफ्नो नाममा पनि सम्पत्ति हुनुपर्ने आफूले थाहा पाएको विमलाले बताए । 

आफ्नो नाममा पनि जग्गा हुँदा आफूले साँच्चिकै नयाँ जीवन पाएजस्तो अनुभूति गरेको पनि विमलाले बताए ।

विशेष