मनोरञ्जन

केट्रीनाले तिब्बती धर्मगुरु दलाई लामासँग खिचिएको तस्बिर इस्टाग्राममा हालेपछि ....

केट्रीनाले  तिब्बती धर्मगुरु दलाई लामासँग खिचिएको तस्बिर इस्टाग्राममा हालेपछि ....

असार – २३ । बलिउड अभिनेत्री कट्रीना कैफले आफ्नो अफिसियल इन्स्टाग्राममा तिब्बतीयन धर्मगुरु दलाई लामासँग खिचिएको एक तस्बिर राख्दै जन्म दिनको शुभकामना दिएकी छिन् ।

आगामी फिल्म जग्गा जासुसको प्रमोशनमा व्यस्त कैपले आफूसँग खेचेको तस्बिर राख्दै ८२ औँ जन्मदिनको शुभकामना दिएकी हुन् । दलाई लामाको ८२ औं जन्मदिनको अवसरमा उनले उक्त फोटो सेयर गरेकी हुन् ।

उनले इस्टाग्रामको फोटो क्याप्सनमा समेत दलाई लामाको ८२ औं जन्मदिन भएको बताएकी छन् । आउँदो फिल्म जग्गा जासुसको प्रमोशनलाई मध्यनजर गर्दै उनले सो उपाय अपनाएकी हुन् ।

अनुराग बसद्वारा निर्देशित ‘जग्गा जासुस’मा उनको जोडी रणवीर कपुरसँग छ । १४ जुलाईमा रिलिजको मिति तोकिएको छ ।

विशेष