समाज

कर्मचारीको व्यवस्थापन अन्योलमा

कर्मचारीको व्यवस्थापन अन्योलमा

 

असार - २३ । सरकारी र गैरसकारी निकायका प्रतिनिधि, पत्रकारलगायतले स्थानीय निकायको पुनःसंरचनापछि कर्मचारी व्यवस्थापनका विषयमा सबै क्षेत्रमा अन्योल भएको बताएका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले कर्मचारी व्यवस्थापनसम्बन्धी विभिन्न चरणमा छलफल भइरहेको बताए। उनले भने, “जनताको चाप धेरै हुने कार्यालयमा कम कर्मचारी र चाप कम हुने कार्यालयमा धेरै कर्मचारी छन् ।”

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारी कार्यलयले आफूलाई पारदर्शी बनाउन सूचना प्रवाह गर्नुपर्ने बताए । उनले भने, “लोकतन्त्रमा जनता नै मालिक भएकाले उनीहरुलाई सही सूचना दिनुपर्छ ।” पत्रकार कपिल काफ्लेले सरकारी कार्यालयलाई जवाफदेही बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

विशेष