समाज

सिंहदरबारलाई फलामको आड र प्लास्टिकको ओत

सिंहदरबारलाई फलामको आड र प्लास्टिकको ओत

 

असार - २३ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ ।

प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पूरै भत्काएर पुनःनिर्माण गर्ने कि प्रबलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो ।

पुरातत्वविद्, प्राधिकरण र मन्त्रालयका अधिकारीले सिंहदरबारको अवलोकन गरी पुरातात्विक महत्व बोकेको सिंहदरबारलाई नभत्काई प्रबलीकरण गर्ने निर्णय गरेका थिए । वर्षाअगावै प्रबलीकरण नसकिने भएकाले प्लास्टिकले छोपेर घामपानीबाट मूल भवनलाई जोगाइएको हो ।

विशेष