समाज

पूर्वराजा शाहले भने, जनताको चाहना पूरा हुनुपर्छ

पूर्वराजा शाहले भने, जनताको चाहना पूरा हुनुपर्छ

 

असार - २३ । नागरिकस्तरमा पूर्वराजा ज्ञानेन्द्र्र शाहको ७१ औँ जन्मोत्सव आज मनाइएको छ ।

निर्मल निवासस्थित शाहको निवासमा भएको उक्त कार्यक्रममा विभिन्न दल आबद्ध नेता, समाजसेवी, उद्योगीलगायत सहभागी थिए । सो अवसरमा शाहले जनताले चाहेको दिगो शान्ति तथा समृद्धिको चाहना पूरा हुनुपर्नेमा जोड दिए ।

एकहत्तरौँँ जन्मोत्सव नागरिक मूल समारोह समितिका संयोजक डा रामभक्त पिभी ठाकुरले देशमा राष्ट्रिय अखण्डता तथा सामाजिक एकता कायम गराउन उनले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताए।

विसं २००२ मा जन्मनुभएका शाह विसं २००७ मा पहिलो पटक र २०५८ मा दोस्रो पटक राजा बनेका थिए । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनबाट विसं २०६५ जेठ १५ मा गठित सभाले मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो । 

विशेष