केपी ओली पुगे मन्दिरको शिलान्यासमा !
असार २३ । भूकम्पले भत्किएको काठठमाडौं चन्द्रगिरीस्थित विष्णुदेवी मन्दिरको पुनर्निर्माण हुने भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मन्दिर पुनर्निर्माणको शिलान्यास गरेका छन् । चन्द्रगिरी नगरपालिका वडा नम्बर ९ मा मच्छेगाउँमा रहेको मन्दिरको निर्माण मत्स्य नारायण क्षेत्र विकास कोष र पुरातत्व विभागको सहयोगमा हुन लागेको हो । ७५ असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो मन्दिर पूरा हुञ्जेल २ करोड खर्च हुने मत्यसनारायण क्षेत्र विकास कोषका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए । यसमध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ७० लाख सहयोग गर्ने भएको छ ।
पगोडा शैलीको तीन तह भएको मन्दिरलाई पुरानै संरचनामा तयार पारिने छ । तर नयाँ मन्दिरमा कलाकृति, तामाको पाता आदि थपिनेछ ।
पुरानाे मन्दिर ।